काठमाडौं, १४ जेठ । टीकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहरा (कडायत) रिट बोकेर सर्वोच्च अदालत पुगेकी हुन् ।

बोहराले रिट सर्वोच्च अदालतमा पेस गरेकी छन् । अदालत प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्ने या नगर्ने निर्णय लिनेछ ।