दशौँ राष्ट्रिय खेलकुदका लागि धनुषाबाट १७ कराते खेलाडीको छनोट
जनकपुरधाम, २० कार्तिक । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि धनुषा जिल्लास्तरीय कराते खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार जनकपुरधामस्थित कवर्डहलमा आयोजित प्रतियोगिताबाट विभिन्न तौल समूह तथा कातातर्फ गरी १७ जना खेलाडी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।
नेपाल कराते महासंघ धनुषाका अध्यक्ष वीरेन्द्र कर्णको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष कुशकुमार यादवको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।
छनोट भएका पुरुष खेलाडीतर्फ ५० केजी तौल समूहमा प्रवीण दास, ५५ केजीमा निशान्त मगराती, ६० केजीमा विकास रसाइली र ७५ केजीमा मनोहर महतो रहेका छन् ।
त्यस्तै, पुरुष एकल कातातर्फ बब्लु कवाडी तथा टिम कातातर्फ विकास रसाइली, सुभाष मण्डल र प्रवीण दास छनोट भएका छन् ।
यसैगरी, महिलातर्फ ४५ केजी तौल समूहमा प्रतिका लमगादे, ५० केजीमा आशिका यादव, ५५ केजीमा सोनु कुमारी यादव, ६१ केजीमा अमृता साह र ६८ केजीमा यमकुमारी पुयार मगर छनोट भएका छन् ।

महिला एकल कातातर्फ सुधा मगराती तथा टिम कातातर्फ सुधा मगराती, अस्मिता मिजार र निकिता मिजार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।
जिल्लास्तरीय छनोट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले अब प्रदेशस्तरमा धनुषाको प्रतिनिधित्व गर्नेछन् ।
प्रदेशस्तरीय छनोटमा समेत सफलता हासिल गर्दै राष्ट्रिय प्रतियोगितामा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ खेलाडीहरू तयारीमा जुट्ने नेपाल कराते महासंघ धनुषाका अध्यक्ष वीरेन्द्र कर्णले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




