विद्यार्थीले पोशाक लगाएर टिकटक बनाएपछि राराब क्याम्पसभित्र मोवाइल लग्न रोक

जनकपुरधाम, १४ जेठ । रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पस जनकपुरधामले क्याम्पसभित्र मोवाइल लग्न रोक लगाएको छ ।
यस क्याम्पसमा अध्ययनरत् केही विद्यार्थीहरुले क्याम्पस कम्पाउण्डभित्र क्याम्पसको पोशाक लगाएर टिकटक बनाएको भिडियो सार्वजनिक भएकोले सबै संकायको विद्यार्थीहरुलाई मोवाइल ल्याउन रोक लगाइएको हो ।
क्याम्पस प्रमुख प्रदीप कुमार प्रसादले आइतबार एक सूचना प्रकाशित गर्दै विगतमा पटक–पटक सूचना प्रकाशित गरिए पनि कतिपय विद्यार्थीहरुले मोवाइल ल्याउँदै गरेकोले अब उपरान्त कुनै विद्यार्थीले मोवाइल ल्याएको पाइएमा उक्त विद्यार्थीलाई यकिन गरी मोवाइल जफत गर्नुका साथै क्याम्पस प्रशासनबाट कडा कारवाही गरिने चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


