सीके राउत र विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं, १३ जेठ । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष राउत शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका थिए । उनी पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न गरी भारत पुगेका बेला चौथाइवालेसँग भेटवार्ता गरेका हुन् ।
सो भेटमा दुई देशबीचको सबन्ध र दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


