चुरे अभियानीको पदयात्रा १०औं दिन मातातिर्थमा, आइतबार काठमाडौं पुग्ने

जनकपुरधाम, १३ जेठ । पदयात्रामा निस्केका चुरे तथा वनजंगल संरक्षण अभियानीहरु मातातिर्थ पुगेका छन् ।
मधेस प्रदेशको वीरगञ्जस्थित सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउनुपर्ने लगायत चारबुँदे मागसहित संघ सरकारलाई झकझकाउन वीरगञ्जदेखि काठमाडौंसम्मको पदयात्रामा निस्केका अभियानीहरु पदयात्राको दशांै दिन मलेखु हुँदै मातातिर्थ पुगेका हुन् ।
निरन्तर वर्षामा पनि लगातार पदयात्रमा रहेका अभियानीहरु आइतबार काठमाडौंस्थित माईतिघर मण्डला पुग्ने अभियानका संयोजक सुनिल कुमार यादवले जानकारी दिए ।
पहिलो चरणमा सरकारलाई ध्यानाकषर्ण गराउने र त्यसले पनि सुनुवाई नभए आफूहरु अनिश्चितकालीन धर्नामा बस्ने उनले बताए ।
चुरे संरक्षण, भुमिहिनलाई जग्गा, भ्रष्टाचारीलाई कारवाहीको मागसहित मधेश केन्द्रित आन्दोलन गर्दै आएका चुरे अभियानीहरु पहिलो पटक राजधानी केन्द्रित आन्दोलन गर्न लागेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


