भंगहाको कार्यपालिका सदस्य मण्डलको पद खारेज

महोत्तरी, १३ जेठ । उच्च अदालत जनकपुरले महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद बदर गर्ने फैसला गरेको छ ।
उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको पद बदर गर्ने फैसला सुनाएको हो ।
नेपाली काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए ।
अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मण्डलको उम्मेदवारी दर्ता गरेको थियो ।
तत्माले जिल्ला निर्वाचन कार्यालय महोत्तरी, निर्वाचन अधिकृतको कार्यालय भंगहा समेतलाई विपक्षी बनाइ उच्च अदालत जनकपुरमा रिट हालेका थिए ।
रिट उपर सुनुवाई गर्दै अदालतले मण्डलको पद खारेजीसँगै निर्वाचन प्रक्रिया मार्फत पदपुर्ति गर्न आदेश दिएको उच्च अदालतका शाखा अधिकृत कुवेर ढुंगेलले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


