जसपा धनुषाका दुई तिहाई सदस्यद्वारा शपथ ग्रहण बहिष्कार

जनकपुरधाम, १३ जेठ । जनता समाजवादी पार्टी(जसपा)नेपाल धनुषाको नवगठित ५१ सदस्यीय जिल्ला समन्वय समिति मध्ये दुई तिहाई भन्दा बढी सदस्यले शपथ ग्रहण बहिष्कार गरेका छन् ।
जसपा मधेस प्रदेश समितिले पशुपति यादवको अध्यक्षतामा गठन गरेको ५२ सदस्यीय जिल्ला समन्वय समितिको शुक्रबार आयोजना गरिएको शपथ ग्रहण कार्यक्रम उपाध्यक्ष, सचिव लगायत ३७ जनाले बहिष्कार गरेका हुन ।
प्रदेश समितिले पशुपति यादवको अध्यक्षतामा जिल्ला समिति घोषणा गरेलगत्तै शत्रुधन यादवको नेतृत्वमा ३७ जना सदस्यले अल्लगै संघर्ष समिती गठन गरेपछि शपथ ग्रहण कार्यक्रममा १३ जनामात्र सहभागी भएका थिए ।
जसमध्ये अध्यक्ष यादव र बरिष्ठ उपाध्यक्ष रामाशंकर पासवान लगायत ११ जनाले मात्र शपथ लिएका छन् भने अन्य दुईजना शपथ लिन अस्विकार गर्दै प्रदेश समितीमा फरक मत दर्ता गराएका छन् ।
जिसस संघर्ष समितीका संयोजक शत्रुधन यादवले मधेस प्रदेशको लटेर प्याड प्रयोग गदी प्रदेशका मुख्यसचिव दिनेश यादवद्वारा जारी विज्ञाप्तीप्रति आफूहरुको असहमती रहेको बताए ।
उनले सो ५२ सदस्यीय समिती र जसपा नेपाल धनुषाका सम्पूर्ण नेता कार्यकर्ता उक्त अलोकतान्त्रीक निर्णय र घोषणाप्रति निर्णय सच्याउनका लागी संघर्ष समिती गठन गरिएको जानकारी दिए ।
पार्टीको विधानको मुल मर्म विपरीत आफैं असक्षम घोषणा गरी विघटन गरेको जिससका अध्यक्षलाई पुनः स्थगित हुने गरी अध्यक्ष चयन गर्न र जिससको विस्तारित बैठकद्वारा गठीत कार्यदलको बहुमत सदस्यको रायलाई अवज्ञा गरी गरेको निर्णय नसच्याइएसम्म आफूहरु संघर्षमा रहने संयोजक यादवले चेतावनी दिए ।
उनले सबै कुरा लोकतान्त्रिक विधी र सम्वादबाट हुनेमा आफूहरु विश्वस्त रहेकोसमेत बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


