विराटनगरबाट काठमाडौँ उडेको जहाज भैरहवामा अवतरण

भैरहवा, १२ जेठ । विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण गरिएको छ ।
शुक्रबार राति ८ः०० बजे विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज ९ः२५ बजे भैरहवामा अवतरण भएको हो ।
काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको बताइएको छ ।
विमान रिफ्युलिङको लागि भैरहवा पुर्याउनु परेको बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


