नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ परेका छन् ।
प्रहरीले केशव तुलाधरकी श्रीमती लक्ष्मी महर्जनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको एसपी सीताराम रिजालले बताए ।
उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो ।
प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।
योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


