काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए ।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ ।