जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी नेपालले जेठ १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गर्न बैठक बोलाइएको जसपाले जनाएको हो ।
पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे सुरु हुनेछ ।

