राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, १२ जेठ । नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि जेठ ८ गते पनि केन्द्रीय बैंकले ३४ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो ।
पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि ३६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
केन्द्रीय बैंकका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज ७ दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै ३६४ दिनको ब्याज भने ८ दशमलव ८० प्रतिशत बराबर छ । अन्तरबैंक ब्याजदर भने ७ प्रतिशत बराबर छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


