वैदेशिक रोजगारीमा पठाउने नाममा ठगी गरेको आरोपमा सर्लाहीबाट एक महिला पक्राउ

सर्लाही, ११ जेठ । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा सर्लाहीको हरिवनबाट एक महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिकाकी विमला विष्ट रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी विष्टलाई वैदेशिक रोजगार विभाग काठमाडौं लगिएको छ ।
विमलासहितको गिरोहले विभिन्न व्यक्तिलाई अमेरिका, फ्रान्स लगायतको देश पठाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम लिएको पाइएको प्रहरी स्रोतको दाबी छ ।
गिरोहको प्रमुख योजनाकारसहित अन्य केही व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


