भारतीय विदेशमन्त्रीसँग राजदूत शर्माको भेटवार्ता, प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

काठमाडौं, ११ जेठ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दिल्ली भ्रमणबारे छलफल भएको हो ।
प्रधानमन्त्री प्रचण्ड आगामी साता भारत भ्रमणमा जाने तयारीमा छन् । राजदूत शर्मा र विदेशमन्त्री जयशंकरबीच प्रधानमन्त्रीको भारत भ्रमण, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा रहेर नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
उक्त भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा राजदूत शर्मासँग बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन् ।
‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीबारे छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन् ।
राजदूत शर्माले सामाजिक सञ्जालमार्फत विदेशमन्त्री जयशंकरको कार्यकक्षमा बिहीबार भएको भेटबारे जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


