हेटौंडा, ११ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।

प्रदेश सभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिएका हुन् ।

सभामुख पाठकले उक्त दिन प्रदेश सभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोधसमेत गरेका छन् ।