बारामा मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु

बारा, ११ जेठ । बारामा मोटरसाइकलको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका–२३ बस्ने ६४ वर्षीया देउकी साह रहेको प्रहरीले जनाएको छ ।
कलैया उपमहानगरपालिका–६ स्थित गुप्ता पेट्रोल पम्पबाट पर्सा टोलतर्फ आउँदै गरेको बा ८५ प ७६०९ नम्बरको मोटरसाइकलले पैदलयात्री साहलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् ।
घाइते साहलाई थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुरुषोतम पाण्डेले जानकारी दिए ।
सोही दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पर्सा टोल बस्ने १८ वर्षीय अफरोज मंसुरीको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


