काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध नेकपा एकीकृत समाजवादीले थप आन्दोलन गर्ने घोषणा गरेको छ ।

एकीकृत समाजवादीले बैठक बसेर नक्कली शरणार्थी प्रकरणविरुद्ध थप संघर्षको कार्यक्रम अगाडि सारेको हो ।

मोर्चा संगठन विभागको नवौँ बैठकले थप आन्दोलनको घोषणा गरेका हो । संघर्षका कार्यक्रम अनुसार जेठ १६ गते दिउँसो ४ बजे सबै जिल्लामा विरोध प्रदर्शन, ¥याली र कोणसभा गर्ने निर्णय गरेको छ ।

संघीय राजधानी काठमाडौंमा पनि आन्दोलन गरिने उक्त पार्टीले जनाएको छ । सोही दिन माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगेर सभा गर्ने निर्णय भएको बताइएको छ ।