दार्चुला, ११ जेठ । दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका एक बृद्धको मृत्यु भएको छ । ज्यान गुमाउनेमा नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना रहेका छन् ।

बुधबार बिहान चिया पकाउने क्रममा ग्यास विस्फोट हुँदा जलेर घाइते भएका उनलाई सुरुमा गोकुलेश्वर अस्पताल लगिएको थियो ।

गोकुलेश्वरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने भनिए पनि नेपालगञ्ज लगिएको थियो ।

उनको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।