काठमाडौं, ११ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्न लागेका छन् ।

परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग प्रधानमन्त्रीको भ्रमण तालिकाबारे छलफल गरेको थियो । छलफल अनुसार जेठ १७ देखि २० गतेसम्म भ्रमण गर्नेमा दुवै मुलुकले सहमति जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ मा नयाँदिल्ली प्रस्थान गर्नेछन् । प्रचण्डलाई त्यहाँ भारतका विदेशमन्त्री एस. जयशंकरले स्वागत गर्ने कार्यक्रम छ । जेठ १८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्डबीच हैदराबाद हाउसमा भेटवार्ता हुने तय भएको छ ।

भ्रमणबारे परराष्ट्रले थप गृहकार्य गरिरहेको छ ।