धनुषाबाट अवैध वालुवा उत्खनन गरि ल्याउने दुई सवारी साधनसहित तीनजना पक्राउ

जनकपुरधाम, १० जेठ । धनुषा प्रहरीले अवैध वालुवा उत्खनन गरि ल्याउने दुईवटा सवारी साधनसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–३ स्थित औरही खोलाबाट ति सवारी साधनसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
औरही खोलामा अवैधरुपले बालुवा उत्खनन गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अनुगमन टोलीले अन टेस्ट लोडर १ थान र अन टेस्ट टिपर १ थानसहित ३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय धनुषामा पठाइएकोमा ५० हजार रूपैयाँ जरिवाना तिराई छाडिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


