भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता, २८ करोड बिगो माग

काठमाडौं, १० जेठ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
दुई दिनअघि सरकारी वकिलको कार्यालयले बुझाएको प्रतिवदेनका आधारमा प्रहरीले बुधबार उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित उनीहरूलाई राज्यविरुद्धको अपराध, ठगी र संगठित अपराध र किर्तेगरी गरी चार कसुरमा अभियोग लगाइएको छ ।
उनीहरुबाट २८ करोड बराबरको बिगो माग गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


