काठमाडौं, १० जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अर्बौंको भ्रष्टाचारको फाइलमा धुलो लागिसकेको उल्लेख गर्दै अब पनि कारबाही नगरिए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सांसद शाहीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भ्रष्टाचारीलाई कारबाही गर्न कसले रोक्यो भन्दै प्रश्नसमेत गरे ।

शाहीले भने, ‘कर्णालीतिर सडक बनाइदिनु पर्योभन्दा सरकार पैसा छैन भन्छ । तर, अर्बौंको भ्रष्टाचारको फाइल धुलो लागिसक्यो कारबाही गर्दैन । गृहमन्त्रीलाई आग्रह अनुरोध गर्दछु । कारबाही गर्न कसले रोकेको छ ? रोक्नेको नाम सार्वजनिक गरियोस् । नत्र संसद चल्दैन । सडक र सदनबाट आन्दोलन हुन्छ ।’