काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय मागेर रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेका हुन् ।

सांसद लामिछानेले यो प्रकरणमा धेरैको नाम जोडिएकाले कसैको पनि विश्वास नभएको भन्दै छानबिनका लागि संसदले विशेष समिति नै बनाउनुपर्ने बताएका छन् ।