मधेस प्रदेशसभाको बैठक आज बस्दै

जनकपुरधाम, १० जेठ । मधेस प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभाको पहिलो अधिवेशनको १३औं बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको हो ।
आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभालाई मन्त्रिपरिषद् विस्तार भएको पत्र पनि पढेर सुनाउने लगायतको कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।
यसअघि जेठ ६ गते बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले तीनवटा विधेयक सभामा पेश गरेको थियो ।जसमध्ये खेलकुद विकास सम्बन्धी बनेको विधेयक, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा दफावार छलफलको लागि पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


