जनमत पार्टीद्वारा जेठ १२ गते केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं, ९ जेठ । जनमत पार्टीले जेठ १२ गते केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
सरकार, गठबन्धन, संगठन निर्माण लगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।
पार्टी संगठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि जेठ १२ गते शुक्रबार बैठक आह्वान गरिएको पार्टीका सचिव अनिता साहले जानकारी दिइन ।
जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


