संघीय संसदको संयुक्त बैठक बुधबार बस्दै

काठमाडौं, ९ जेठ । संघीय संसदको संयुक्त बैठक बुधबार बस्न लागेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा संघीय संसदको संयुक्त बैठक बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको हो ।
संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्नका लागि बैठक बोलाइएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ १० गते बिहान ११ बजे बस्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


