कार्यभार कम गर्नुपर्ने माग गर्दै नर्सहरु धर्नामा

काठमाडौं, ९ जेठ । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्नुपर्ने माग गर्दै नर्सहरुले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
मंगलबार विभिन्न अस्पतालमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् ।
सोमबारदेखि सुरु भएको धर्ना मंगलबार पनि जारी राख्दै उनीहरुले न्यून तलबमा क्षमताभन्दा बढी बिमारीको हेरचाह गर्दा समेत कामको मूल्यांकन गर्नुपर्ने माग राखे ।
नर्सहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूति गराइयोस्, गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेसामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेसा गलत छैन भन्नेजस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।
पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टीकाटिप्पणी रोकिनुपर्ने उनीहरुको माग छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


