प्रधानमन्त्री दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप

काठमाडौं, ९ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन् ।
महासचिव पोखरेलले जहाँ गए पनि मीठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका हुन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सामुदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिबी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


