काठमाडौं, ९ जेठ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम संघीय संसदको राष्ट्रिय सभाबाट पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम बहुमतले पास गरेको हो ।

जेठ ५ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।