काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।

सोमबार जसपा संसदीय दलको बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको पार्टीका एक नेताले जानकारी दिएका हुन् ।

यादव गत वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित भएर संसदको यात्रा तय गरेका हुन् ।

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी–२ बाट उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए ।

प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।