बलात्कार आरोपमा पूर्वक्याम्पस प्रमुख गौतम पक्राउ

दाङ, ८ जेठ । बलात्कारको आरोपमा दाङको देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् ।
आइतबार दिउँसो लमही नगरपालिका–५ रातोडाँडास्थित आफ्नो घरमा २१ वर्षीया एक युवतीलाई बोलाएर बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
अदालतमा म्याद थप गरेर उनीमाथि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


