घाँटी रेटेर हत्या गरिएको अवस्थामा युवकको शव फेला

सप्तरी, ८ जेठ । सप्तरीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–४ मधवापुरस्थित खेतमा सोमबार बिहान घाँटी रेटेर हत्या गरिएको अवस्थामा युवकको शव फेला परेको हो ।
हत्या गरिएको अन्दाजी २५ वर्षीय युवकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
हत्या गरिएको अवस्थामा युवकको शव स्थानीयले खेतमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डिएसपी सिंहले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


