काठमाडौं, ७ जेठ । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको जबरजस्ती करणी सम्बन्धी मुद्दामा प्रतिवादीको सक्कल जन्मदर्ता माग अदालतमा पेस गर्न आदेश दिएको छ ।

न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले प्रतिवादी गौशला–२६ को सक्कल जन्मदर्ता माग गर्दै अदालतमा पेस गर्न आदेश दिएको हो ।

यस्तै, आदेशमा गौशला–२६ को जन्मभएको अस्पतालबाट प्राप्त कागज पनि राम्ररी नबुझिएको भन्दै फेरि अर्को पत्र ल्याउन भनेको छ ।

लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते नामक एक नाबालिग किशोरीले बलात्कारको मुद्दा दायर गरेकी थिइन् ।

केही महिना कारागार बसेपछि लामिछाने अहिले धरौटीमा रिहा भएका छन् ।