टीआरसीसँग सम्बन्धित विधेयक चालू अधिवेशनबाटै पारित हुन्छ : रमेश लेखक

काठमाडौं, ७ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चालू अधिवेशनबाट पास गर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा १४औँ राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले बेपत्ता पारिएका व्यक्तिहरूको सवाल, सत्य निरुपणको सवाल, मेलमिलापको सवाल लगायतका सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय र विधेयक चाँडो भन्दा चाँडा निष्कर्षमा पुर्याउने बताए ।
उनले चालु अधिवेशनबाट नै यससँग सम्बन्धित विषयहरू सधैँका लागि निष्कर्षमा पुर्याइने बताए ।
प्रमुख सचेतक लेखकले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका बारेमा कानुन तथा मानवअधिकार समितिले बनाएको ११ सदस्यीय उपसमितिमा छलफल सुरु हुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


