बुद्ध एयरको जहाजमा छिरेको मुसा भेटियो

काठमाडौं, ७ जेठ । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरधाममा ग्राउण्डेड गरिएको बुद्ध एयरको नाइन एन–एजेएल जहाजमा ट्र्यापमा मुसा भेटिएको छ ।
बुद्ध एयरका अनुसार शनिबार जनकपुरबाट काठमाडौं उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा यात्रुले मुसा देखिएपछि उडान स्थगित गरिएको थियो ।
जहाजलाई सम्पूर्ण जाँच गरी करिब तीन घण्टासम्म ‘रनअप’ लिई थप सजकता अपनाइएको थियो ।
आइतबार दिउँसो प्रशिक्षक, चालक र प्राविधिक टिमले सो जहाजलाई काठमाडौं लगेको र जहाजलाई थप निरीक्षण गरी पुनः व्यवसायिक उडान थालिएको बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ ।
कम्पनीले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन पनि अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


