संविधानको पुनःमूल्यांकन गर्ने बेला भएको छैन : डा. रामवरण यादव

काठमाडौं, ६ जेठ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनःमूल्यांकन गर्ने बेला नभएको बताएका छन् ।
वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्णरुपमा संविधान लागू गरेर जाने समय रहेको बताए ।
उनले वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको बताए ।यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे । उनले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानूनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधान अनुकुल काम नगर्दा पुस्तकबाट जनतामा सुसुचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए । उनले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


