सरकारले राम्रा कामको शुरुवात गरेको छ : मन्त्री शर्मा

काठमाडौं, ६ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण तथा जनअपेक्षा पूरा गर्नेगरी वर्तमान सरकारले राम्रा कामको शुरुवात गरेको बताएकी छन् ।
प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिको वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै उनले सरकारले जनताका पक्षमा काम गर्ने पहलकदमी लिइरहेको बताएकी हुन् ।
सरकारले गरेका राम्रा काम जनतामाझ लैजान सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका भएको मन्त्री शर्माले बताइन् । ‘सरकारले राम्रो कामको शुरुवात गरेको छ’, उनले भनिन् ।
प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले यसअघिका दुई कार्यकालबाट सिकेर तेस्रो कार्यकाल सुजबुझका साथ अगाडि बढाएको मन्त्री शर्माको भनाइ छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र सिङ्गो देशको साझा उपलब्धि भएको उल्लेख गर्दै उनले पछिल्ला दिनमा जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने क्रम बढिरहेको बताइन्
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


