कांग्रेस सांसद गौतमले तोडे आमरण अनशन

काठमाडौं, ६ जेठ । विगत ८ दिनदेखि आमरण अनशनमा बसेका नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनशन तोडेका छन् ।
भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग जब्दीघाटमा नयाँ पुल निर्माण गर्नेलगायत १५ बुँदे सहमतिपछि उनले आमरण अनशन तोडेका हुन् ।
शनिबार अनशनस्थल जब्दीघाट पुलमुनि पुगेर मन्त्री ज्वालाले सांसद गौतमलाई जुस खुवाएर अनशन तोडाएका हुन् ।
सम्झौतामा जेठ २० गतेसम्म बाढीले बगाएको पुलको संरचना हटाइने, भाारतसँग भएको सम्झौताअनुसार गुलरिया मुर्तिहा नाका सञ्चालन प्रक्रिया अघि बढाउने, भुरीगाउँ तेलपानी सडक निर्माण गरिने, बबई र कर्णाली नदी नियन्त्रणका लागि पर्याप्त बजेटका लागि पहल गर्ने, बबई सिँचाइ आयोजना समयमै सम्पन्न गर्ने, वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणलगायतका मागमा प्रक्रियागत रुपमा गर्ने उल्लेख छ ।
सम्झौतामा सहमतिपछि सांसद गौतमको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य र पूर्वसिंचाइमन्त्री गौतम बबई नदीस्थित जब्दीघाटमा भत्किएको पुलमुनि आमरण अनशनमा बसेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


