महोत्तरीको एक पोखरीमा युवकको शव फेला

महोत्तरी, ६ जेठ । महोत्तरीको सम्सी गाउँपालिकास्थित एक पोखरीमा युवकको शव फेला परेको छ ।
शनिबार बिहान जिल्लाको सम्सी गाउँपालिका वडा नम्बर–६ बस्ने राम दयाल महतोका २२ वर्षीय छोरा देवेन्द्र महतोको शव पोखरीमा फेला परेको हो ।
बिहान बिहानै घर नजिकैको पोखरीमा नुहाउनका लागि पसेपछि डुबेर उनको मृत्यु भएको हुन सक्ने महोत्तरी प्रहरीको अनुमान छ ।
मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


