सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने

काठमाडौं, ५ जेठ । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाउने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
सरकारले संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने निर्णय भएको घोषाणा गरेको छ ।
त्यस्तै, साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवर्द्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तारसमेत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनको लागि नेपालका प्रमुख आकर्षक स्थलहरूलाई प्रवर्द्धन गरिने राष्ट्रपति पौडेलले सुनाए ।
अन्तर्राष्ट्रियस्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिने र अन्तर्राष्ट्रियस्तरमा नेपालको भूगोल¸ कला¸ साहित्य¸ भाषा¸ संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न उत्कृष्ट योगदान पुर्या्उने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा ’’सगरमाथा विशेष सम्मान’’ प्रदान गरिने उनले बताए ।
साथै सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


