रेडियो नेपाल र नेपाल टेलिभजिनलाई एक आपसमा गाभिने

काठमाडौं, ५ जेठ । सरकारले रेडियो नेपाल र नेपाल टेलिभजिनलाई एक आपसमा गाभ्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ भित्र यी दुई संस्थालाई एक आपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गर्ने शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरे ।
प्रेस काउन्सिललाई नयाँ कानुनी व्यवस्था गरी मिडिया काउन्सिल बनाउने समेत उनले बताए । सञ्चार उद्योगलाई ज्ञानमा आधारित उद्योगका रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


