काठमाडौं, ५ जेठ । सरकारले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने बताएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वनको उचित व्यवस्थापन गरी मुलुकलाई काठमा आत्मनिर्भर बनाइने बताए ।

उनले वन पैदावारमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने र काठ तथा अन्य वन, पैदावारको आयातलाई निरूत्साहित गरिने नीति रहेको बताए ।

ढलापडा रुख आवश्यक प्रक्रिया पूरा गरी आगामी दिनमा विक्री वितरण गरिने र सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादन प्रवर्द्धन गर्न एकीकृत कार्यक्रम सञ्चालन ल्याइने पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि वन कार्यक्रम सञ्चालन गर्ने, जडिबुटी खेतीको अनुसन्धान, व्यावसायिक उत्पादन, बिस्तार, प्रशोधन र बजारीकरणलाई प्रोत्साहन गरिने पनि सरकारको नीति कार्यक्रम छ ।