कर प्रणालीमा पुनरावलोकन गरिने

काठमाडौं, ५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा कर प्रणालीमा पुनरावलोकन गर्ने जनाएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने पनि बताए । राष्ट्रपति पौडेलले विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने पनि बताए ।
राष्ट्रपति पौडेलले राजश्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पुँजी पलायनमा कडाइ गर्ने बताए ।
उनले राजश्वको दायरा बिस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्ने घोषणा गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


