काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।

आजै बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । त्यसका लागि राष्ट्रपति पौडेल संसद भवन नयाँ बानेश्वर जाने तयारीमा छन् ।

सरकारले कृषि उत्पादन र रोजागरी सिर्जनामा केन्द्रित भएको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।