जनकपुरधाम, ४ जेठ । नेकपा (एकीकृत समाजवादी)ले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा पनि प्रदर्शन गरेको छ ।

बिहीबार स्थानीय जनकचोकमा भेला भई नेकपा (एकीकृत समाजवादी) मोर्चा संगठन धनुषाले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने भन्दै सरकारसँग माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरुले व्यापक भ्रष्टाचारले देशलाई विनाशतर्फ लगेकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टाचारी मुर्दावादको नारासहित चर्काे नारावाजीसमेत गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै नभएर अहिलेसम्मका सबै भ्रष्टाचारका फाइल खोलेर निष्पक्ष छानबिन गरी कारबाही गरिनु पर्ने प्रदर्शनमा सहभागीहरुले माग गरे ।

उनीहरुले ‘दोषी नछुटुन्, निर्दोष नफसुन’ लगायतका माग गरेका थिए ।