भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं, ४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ ।
रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
रिजालले पुनर्बासमा छुटेका ६ हजारभन्दा बढी भुटानी शरणार्थीको समस्या समाधानका लागि माग गरेका थिए । सोही आधारमा गृह मन्त्रालयले भुटानी शरणार्थी समस्या समाधानका लागि ३० जेठ २०७६ मा बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले रिजाललाई ७ लाख रुपैयाँ दिएको दाबी गरेका थिए । सोही आधारमा प्रहरीले अनुसन्धानका लागि रिजाललाई पक्राउ गरेको हो ।
यता, रिजालले भने आफूले अर्कै कामका लागि पैसा लिएको र फिर्ता पनि गरिसकेको दाबी गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


