श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने व्यक्ति पक्राउ

काठमाडौं, ४ जेठ । श्रीमतीको हत्यापछि सेफ्टी ट्याङ्कीमा फ्याँकेर भाग्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर–६ फगामका गर्भे विकलाई काठमाडौँको सतुंगलबाट पक्राउ गरेको हो ।
गत फागुन २० गते श्रीमती केशु बिकको हत्या गरेर उनी फरार भएका थिए । हत्यापछि कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर–५, चन्द्रौटास्थित प्रयोगमा नआएको बस गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङकीमा शव फ्याँकेर उनी फरार भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


