काठमाडौं, ३ जेठ । सरकारले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृह मन्त्रालयले सहसचिवको दरबन्दी रहने जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

यसअघि कास्की जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका टेकबहादुर केसी सरुवा भएका गुल्मी पुगेका छन् ।

त्यसैगरी, धादिङमा बद्रीनाथ गैरे, ललितपुरमा रुद्रप्रसाद पण्डित, कास्कीमा वासुदेव घिमिरे, अछाममा शिवराज न्यौपाने, अर्घाखाँचीमा कमलराज ढकाल र गुल्मीमा टेकबहादुर केसी रहेका छन् ।