काठमाडौं, ३ जेठ । प्रहरीले ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट २९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार) सहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ घर भई काठमाडौं नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन् ।

गैँडाको खाग खरिदबिक्री गर्दै गरेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललिपुर पठाइएको प्रहरीले जनाएको छ ।