काठमाडौं, ३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्न लागेको छ ।

सो पार्टीले बिहीबार माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र देशभरबाट जिल्ला प्रशान कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीनिकट भातृ संस्थाहरुले यसअघि नै भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिसकेका छन् ।